Logo

इटहरीबाट ब्राउनसुगर सहित एक जना पक्राउ

                     
Logo 2021-12-02 02:12     Prabesh Bishta

13

सुनसरी इटहरी उपमहानगरपालिका ६ स्थितबाट ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ईटहरी ४ पान्धारे का ३० बर्षिय सन्तोष श्रेष्ठ रहेका छन् ।

हिजो बेलुका साढे ६ बजे प्रदेश नम्बर १-०२-०४३ प १५२ नम्बरको स्कुटरमा सवार श्रेष्ठलाई चेकजाँच गर्दा उनको साथबाट लागुऔषध ब्राउनसुगर ३ ग्राम ५०० मिलिग्राम बरामद गरिएको हो ।

पक्राउ परेका श्रेष्ठलाई ईलाका प्रहरी कार्यालय ईटहारीले थप अनुसन्धान गरिरहेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?