Logo

म्याग्दीमा जीप दुर्घटना : ४ जनाको मृत्यु, ४ जना घाइते

                     
Logo 2021-11-30 07:11     Prabesh Bishta

13

म्याग्दीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ, भने ४ जना घाइते भएका छन्। बेनीबाट बेगको सिमतर्फ जाँदै गरेको ग १ ज ७२५१ नम्बरको जिप सोमबार साँझ पाँच बजेतिर रघुगंगा गाउँपालिका–१ बेगमा दुर्घटना हुँदा एक जना वडा सदस्यसहित ४ जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा ३० वर्षीया गौमाया विक, जिप चालक ३५ वर्षीय दुतबहादुर थापा, ३० वर्षीय खिमु पुन र ४५ वर्षीय खिमानन्द शर्मा रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गौमाया विक रघुगंगा गाउँपालिका–१ बेगकी निर्वाचित वडा सदस्यसमेत हुन्।

त्यस्तै, दुर्घटनामा घाइते हुनेहरुमा ५४ वर्षीय बलबहादुर विक, २३ वर्षीय मनोज पुन, २० वर्षीय भीम फगामी र ३० वर्षीय ज्ञानबहादुर शेरपुञ्जा छन्। उनीहरुलाई बेनी अस्पतालबाट थप उपचारका लागि कास्कीको पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ।


लोकप्रिय छुटाउनुभयो कि ?