Logo

कांग्रेस अधिवेशन: बलरामा गाेली चल्याे, मतदान अधिकृत सहित ५ घाईते

                     
Logo 2021-11-29 06:11     Prabesh Bishta

13

झडपको स्थिती सृजना भएपछि बलरामा सोमवार दिउसो पुनः गोली चलेको हो। स्थिती नियन्त्रणमा लिन प्रहरीले तिन सेल अश्रुग्यास प्रहार गर्नु परेको जिल्ला प्रहरीका प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुडाथोकीले जानकारी दिए। घटनामा ३ जना सुरक्षाकर्मी, एक जना मतदान अधिकृत र एक कांग्रेस कार्यकर्ता घाईते भएका प्रहरी प्रवक्ता डिएसपी बुडाथोकीले पुष्टि गरे। घाईते हुनेमा प्रहरी निरिक्षक सुरेश ठाकुर, अन्य दुईजना सुरक्षाकर्मीको विवरण खुलेको छैन्।

यस्तै, झडपमा बलरा नगरपालिका–८, अचलगडमा मतदान अधिकृतको रुपमा खटिएका उमेश चन्द्र झा र अर्का एक जना नाम ठेगाना नखुलेका कांग्रेस कार्यकर्ता रहेको प्रहरीले जनाएको हो। उनीहरु मध्य मतदान अधिकृतको झाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। अन्यको अवस्था सामान्य छ। उनीहरुलाई प्रहरीले स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार पश्चात थप उपचारको लागि जिल्ला अस्पताल मलंगवामा पठाएको छ।

आइतबार स्थगीत भएको वडा अधिवेशन मतदान प्रकृयाबाट गर्ने तयारी भईरहदा, दुई पक्ष विच फरक फरक ठाउँमा गर्ने प्रस्थाव आएको थियो। सोही क्रममा कांग्रेस नेता तथा प्रतिनिधि सभा सदस्य समेत रहेका अम्रेस सिहं पक्षका कार्यकर्ताले मतदान अधिकृतलाई वडा सभापतिको घर लैजान खोजेपछि झडप भएको प्रहरीले जनाएको छ। प्रहरीले आइतबार अधिवेशन प्रकृया सुरु भएको स्थानमा मतदान गराउने प्रयास गरेकोे थियो।

घटना लगतै घाईतेहरु जिल्ला बाहिर रौतहट र भारतको विभिन्न अस्पतालहरुमा समेत पुर्यार्ईएको स्थानीयको भनाई छ। यसकारण प्रारम्भिक विवारणबाट ५ जना खुले पनि, घटनामा अन्य थप घाईते भएको नेता अम्रेस सिहं पक्षको दावी छ। यता प्रहरीले समेत के कती घाईते भए भन्ने अहिले सम्म एकिन गर्न नसकेको जनाएको छ। आफूहरु समेत घटना स्थलमा रहेकोले घाईतेहरुको संख्या र उनीहरुको अवस्था समेत थाहाँ हुन नसकेको डिएसपी बुढाथोकीले बताए।

घटना नियन्त्रणमा लिन प्रहरीले आधादर्जन अश्रृग्यास र गोली फायर गरेको प्रत्यक्षदर्शीको भनाई छ। तर, प्रहरीले भने पुष्टि गरेको छैन्। जिल्ला प्रहरी कार्यलय सर्लाहीका एसपी कृष्ण प्रसाईसगँ पटक–पटक प्रयास गर्दा पनि सम्पर्क हुन सकेको छैन्।


लोकप्रिय छुटाउनुभयो कि ?