Logo

माओवादी केन्द्र रतुवामाई नगर अध्यक्षमा शाह र सचिवमा खड्का

                     
Logo 2021-11-29 12:11     Prabesh Bishta

विराटनगर : नेकपा माओवादी केन्द्रको रतुवामाई नगरपालिकाको नगर अधिवेशनबाट नगर अध्यक्षमा प्रकाश शाह चयन भएका छन् । आइतबार सम्पन्न अधिवेशनले शाहको नेतृत्वमा ६५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।

नगरको उपाध्यक्षमा प्रदीप नेपाली, सूर्य लिम्बू, धनमाया कडरिया चयन भएका छन् । यस्तै सचिवमा निलम खड्का, सहसचिवमा गोविन्द कोइराला र कोषाध्यक्षमा साकीर मिया चयन भएको नेकपा माओवादी केन्द्र रतुवामाईले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?