Logo

एमालेबाट निर्वाचित मोरङका एक वडा अध्यक्ष माओवादी केन्द्रमा प्रवेश

                     
Logo 2021-11-29 12:11     Prabesh Bishta

13

विराटनगर : नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित मोरङका एक जनप्रतिनिधि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

शनिबार सम्पन्न माओवादी केन्द्रको नगर अधिवेशनका अवसरमा सुनवर्षी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष निरुल मिँया नेकपा माओवादीमा प्रवेश गरेका हुन् ।

वडाअध्यक्ष निरुल मियासहित अन्य एमाले कार्यकतालाई नेकपा माओवादी केन्द्र मोरङ संयोजक गणेश उप्रेतीले स्वागत गरेका थिए ।

नवप्रवेशी मिँयालाई सम्मेलनले नगर कमिटिको उपाध्यक्षमा निर्वाचित गरेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?