Logo

विराटनगरबाट लागुऔषध सहित २ जना पक्राउ

                     
Logo 2021-11-28 11:11     Prabesh Bishta

मोरङ बिराटनगर महानगरपालिका १३ नहर स्थितबाट लागुऔषध सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी धरान उप-महानगर पालिका १५ का २६ बर्षीय मनोज पोखरेल र २८ बर्षीय कपिल गिरी रहेका छन् ।

हिजो बेलुकी ५ बजे CRV जतुवाबाट खटिएको प्रहरी टोलीले उनिहरुको साथबाट लुपिजेसिक १२ एम्पुल, डाईजाल्याब १२ एम्पुल, एभिल ६ सहित पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?