Logo

धरानबाट नियन्त्रित औषधी सहित एक जना पक्राउ

                     
Logo 2021-11-24 01:11     Hamro Biratnagar

सुनसरीको धरान उमनपा ५ देउरालीका २४ को अनम राईलाई नियन्त्रित औषधी सहित पक्राउ गरिएको छ ।

हिजो बेलुका साढे ६ बजे अस्थाई प्रहरी पोष्ट देउरालीबाट खटिएको प्रहरी टोलीले उनको घर कोठाबाट नियन्त्रित औषधी ट्रामाडोल ४२५० ट्याव्लेट र स्पास्पेइन ४३०० ट्याव्लेट बरामद गरेको हो ।

पक्राउ परेका राईको ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?