Logo

झापामा बोलेरोको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

                     
Logo 2021-11-24 11:11     Desk

13

झापाको कनकाई नगरपालिका ३ पबित्रा पेट्रोल पम्प स्थित पुर्बपश्चिम राजमार्गमा बोलेरोको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा कन्काई नगरपालिका ६ का ६० बर्षीय कबिराज बोहोरा रहेका छन् ।

हिजो दिउसो २ बजे पुर्बबाट पश्चिमतर्फ जादै गरेको मे ९ प ६५१९ नम्बरको मोटरसाईकललाई सोही दिसा पछाडीवाट आउँदै गरेको मे १ ज १४०५ नम्बरको बोलेरो गाडीले ठक्कर दिएको थियो । बोलेरोको ठक्करबाट घाईते भएका बोहोराको B&C अस्पतालमा उपचारको क्रममा बेलुका साढे ७ बजे मृत्यु भएको हो । सो दुर्घटनाबाट बोलेरोमा सवार ४ जना यात्री समेत घाईते भएका छन् घाईतेहरुको बिर्तामोडको बिभिन्न अस्पतालमा उपचार भईरहेको छ ।

बोलेरो र चालक ईलाम देउमाई नगरपालिका १ का २७ बर्षीय निमेश गुरुङ ईलाका प्रहरी कार्यालय सुरुङ्गाको नियन्त्रणमा रहेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?