Logo

ओलीले ८ गते ‘साइबर सर्कल’ घोषणा गर्ने

                     
Logo 2021-11-22 01:11     Hamro Biratnagar

काठमाडौं, ६ मंसिर । नेकपा (एमाले) को युवा संगठनअन्तर्गत रहने भनिएको ‘साइबर सेना’ को नाम परिवर्तन हुने भएको छ ।

एमाले युवा नेता महेश बस्नेतले प्रस्ताव गरेको साइबर सेना सेनाको नाम परिवर्तन गरेर ‘साइबर सर्कल’ बनाइने भएको छ । बस्नेतले सेना शब्दले द्वन्द्व र हिंसाको अर्थ दिने भएकाले नाम परिवर्तन गरिएको जानकारी दिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले साइबर सर्कलको ८ गते घोषणा गर्ने भएका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?