
काठमाडौं : गुडिरहेको ट्याक्टरबाट खसेर दाङमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा शान्तिनगर गाउँपालिका-२ का २२ वर्षीय लोकबहादुर वली रहेका छन्।
आइतबार बेलुकी लु४त ७७७१ नम्बरको ट्याक्टरबाट वली खसेका थिए। इलाका प्रहरी कार्यालय तुलसीपुरले घर फर्कंदै गरेका वलीको ट्याक्टरबाट खसेर मृत्यु भएको हो।
उनी स्थानीय बहुला खोलामा ढुंगा लोड गर्न गएका थिए।