Logo

नवजागरण युवा समूहद्धारा अपाङ्ग परिवारलाई खाद्यान्न सहयोग

                     
Logo 2021-11-21 11:11     Prabesh Bishta

13

विराटनगर : नवजागरण युवा समूहले देउसी भैलो खेलेर जम्मा गरेको पैसा विपन्न अपाङ्ग परिवारलाई सहयोग गरेको छ । देउसी भैलो खेलेर बनभोज जाने तथा अन्य घुमफिरमा जाने प्रचलन वढिरहेका बेला उदयपुरको कटारी नगरपालिका वडा नम्बर १० मा रहेको उक्त क्लबले उदाहरणीय काम गरेको हो ।

क्लबले तिहारमा देउसी भैलो खेलेर जम्मा भएको पैसाबाट अपाङ्ग रहेका खेम बहादुर परियार र बिक्रम परियारको घरमै गएर खाद्यान्न सहयोग गरेको अमृत कुँवरले जानकारी दिनुभयो ।

उक्त क्लवले यसभन्दा अगाडि पनि विभिन्न संघसंस्था एवं बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा अशक्त सडक आश्रित मानवहरुलाई सहयोग गर्दै आएको छ ।।


लोकप्रिय छुटाउनुभयो कि ?