Logo

दाङमा यात्रुवाहक बस दुर्घटना हुँदा २९ जना घाइते

                     
Logo 2021-11-21 10:11     Prabesh Bishta

तुलसीपुर । दाङमा यात्रुवाहक बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।

वडा प्रहरी कार्यालय लमहीका अनुसार सुर्खेतबाट काठमाडौँ जाँदै गरेको कर्णाली प्रदेश००–००१ख०२१९ नंको बस लमही नगरपालिका–३ नारायणपुरस्थित दुर्घटना हुँदा २९ जना यात्रु घाइते भएका हुन् । उनीहरूको अवस्था मध्यम रहेको छ ।

आइतबार बिहान पौने २ बजेतिर बसको पट्टा भाँचिएर दुर्घटनामा परेको हो ।

घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको छ भने सात जना घाइतेको थप उपचारका लागि कोहलपुर सिफारिस गरिएको प्रहरीले जनाएको छ । घाइतेहरूको नाम ठेगाना भने खुल्न बाँकी रहेको छ ।

बस चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?