Logo

गुण्डा नाईके अभिषेक गिरीलाई फेरी विराटनगर ल्याउने तयारी, विभागले पठायो पत्र

                     
Logo 2021-11-20 04:11     Hamro Biratnagar

विराटनगर, ४ मंसिर । चर्चित गुण्डा नाइके अभिषेक गिरीलाई फेरी विराटनगर हाटखोलास्थित मोरङ कारागार ल्याउने तयारी थालिएको छ ।

हाल सप्तरी कारागारमा रहेका गुण्डा नाइके गिरीलाई कारागार व्यवस्थापन विभागले मोरङ कारागार ल्याउन पत्राचार गरेको छ । सोही पत्र बमोजिम गिरीलाई विराटनगरस्थित मोरङ कारागार ल्याउने तयारी भइरहेको हो ।

मोरङ कारागारका निमित्त जेलर रामप्रसाद पोखरेलका अनुसार गिरीलाई सप्तरीबाट मोरङ कारागार ल्याउन विभागले शुक्रबार पत्राचार गरेको हो । ‘विभागबाट चिठी हिँजै आइसकेको छ ।’ उनले हाम्रो विराटनगरसँग भने,‘सप्तरीबाट मोरङ कारागार ल्याउने भन्ने विभागको निर्णय छ । हिँजोकै निर्णय हो ।’

निमित्त प्रमुख जेलर पोखरेलले गिरीलाई अहिलेनै मोरङ कारागार ल्याउने ‘माहोल’ नरहेकाले तत्काल नपठाउन सप्तरी कारागारलाई आग्रह गरिएको बताए । ‘मैल सप्तरीमा फोन गरेर अहिले ल्याउन सक्ने माहोल छैन भनेको छु । अहिले नपठाइदिनु भनेर हामीले आग्रह गरेका छौँ ।’ उनले भने,‘अहिले यहाँ पठाउने टुंगो चाहिँ भइसकेको छैन क्यार ।’

गत १६ कात्तिकमा डिल्लीबजार कारागारबाट मोरङ सरुवा गरि विराटनगर ल्याइएका गुण्डा नाइके गिरीलाई आन्दोलन गरेर अन्य कैदीबन्दीले छिर्न नदिएपछि सप्तरी कारागार लगिएको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?