Logo

विराटनगरमा आजदेखि सबै विद्यालय सञ्चालनमा आउने

                     
Logo 2021-11-12 10:11     Hamro Biratnagar

विराटनगर : विराटनगर महानगरपालिकाले महानगरभित्रका विद्यालय सञ्चालन गर्न अनुमति दिइएको छ । कोरोना भाइरस महामारीका कारण बन्द रहेका विद्यालय शुक्रबारदेखि खोल्न महानगरले अनुमति दिएको हो ।

मङ्गलबार बसेको नगर शिक्षा समितिको बैठकले महानगरपालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयहरू सञ्चालन गर्न अनुमति दिएको महानगरको शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्णप्रसाद भट्टराईलले जानकारी दिए ।

स्वास्थ्यसम्बन्धी मापदण्डको पूर्ण रूपमा पालना गरेर कात्तिक २६ गतेबाट सम्पूर्ण विद्यालयमा पूर्णकालीन समयसम्म पठनपाठन कार्य सञ्चालन गर्ने निर्णय भएको उनले जनाए । ।

उनका अनुसार कोभिड–१९ को जोखिम कम हुँदै गएको र शिक्षा मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास महाशाखाले रेडियो टेलिभिजनबाट सञ्चालन गर्दै आएको कक्षासमेत बन्द गरेकोले सबै पक्षहरूसँग छलफल गरेर विद्यालय खोल्ने निर्णय गरिएको हो ।


लोकप्रिय छुटाउनुभयो कि ?