Logo

बागमतीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

                     
Logo 2021-11-08 05:11     Hamro Biratnagar

हेटौँडा : बागमतीका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत प्राप्त गरेका छन्। सोमबार प्रदेशसभामा भएको मतदानमा पाण्डेको पक्षमा ५९ जना सांसदले विश्वासको मत दिएका हुन्। उनको विपक्षमा भने ४३ मत परेको छ। २ सांसद भने तटस्थ बसेका थिए।

गठबन्धनका तर्फबाट सरकारमा सहभागी भएका उनलाई नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र), र नेपाली कांग्रेसका सांसदहरूले मतदान गरेका हुन्।

नेकपा एकीकृत समाजवादीको संसदीय दलका नेता पाण्डे कात्तिक ११ गते मुख्यमन्त्री नियुक्त भएका थिए। मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। सोहीअनुसार उनले विश्वासको मत लिएका हुन्।

बागमतीमा हाल १०९ प्रदेशसभा सदस्य छन्। विश्वासको मतका लागि बहुमत ५५ जना सदस्यको समर्थन चाहिन्छ। प्रदेदेशसभामा एमालेको ४३, माओवादी केन्द्रको २३, कांग्रेसको २२, एकीकृत समाजवादीको १३, विवेकशील साझा पार्टीको तीन, नेमकिपा र राप्रपाको दुईदुई, जनता समाजवादी पार्टी नेपालको एक जना सांसद छन्।


लोकप्रिय छुटाउनुभयो कि ?