Logo

५७१ जनामा संक्रमण पुष्टि, नौ जनाको मृत्यु

                     
Logo 2021-10-18 07:10     Desk

13

सोमबार थप ५ सय ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको ९ हजार ६ सय ९७ नमूना परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् ।

यस्तै सो अवधिका नौ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

९ सय ३७ जना भने कोरोनासंक्रमण मुक्त भइ हालसम्म नेपालमा ७ लाख ८२ हजार ३ सय ९३ जना संक्रमणमुक्त भएका छन् ।

हाल ११ हजार ८ सय ७४ सक्रिय संक्रमित आइसोलेशनमा र २ सय २९ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?