Logo

देउवाको गृहजिल्लामा कांग्रेसका दुई पक्षबीच झडप

                     
Logo 2021-10-03 05:10     Prabesh Bishta

धनगढी : नेपाली कांग्रेसको कार्यकर्ता भेलामा झडप भएको छ।

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्लामा कांग्रेसका दुई पक्षबीच झडप भएको हो। झडपमा केही कार्यकर्ता घाइते भएको बताइएको छ।

नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइराला, अर्जुननरसिंह केसी र गुरुराज घिमिरे सहभागी भेलामा झडप भएको हो।

कार्यक्रम भइरहेको समयमा देउवा पक्ष कार्यकर्ताले कालो झण्डा देखाउन खोजेपछि झडप भएको बताइएको छ।

दुई पक्षबीच झडप भए पनि कार्यक्रम भने जारी रहेको बताइएको छ। जिल्ला सभापति कर्ण मल्ल समूहको विरोधका बीच डडेल्धुरामा वडा र पालिका अधिवेशन भएपछि जिल्लामा कांग्रेसको विवाद बढ्दै गएको छ।


लोकप्रिय छुटाउनुभयो कि ?