Logo

मप्रति श्रद्धाञ्जली, आफन्तजनप्रति समवेदना !

                     
Logo 2021-09-07 01:09     Desk

13

 

सिद्धिइसकेको मप्रति मैले श्रद्धाञ्जली ब्यक्त गरिरहँदा

मेरा आफन्तजनले नि केही त गुमाएका छन्

उनीहरूलाई नि मैले

मेरो समाप्तिको खतिलाई पूरा गर्न सक्ने शक्ति

ईश्वरले प्रदान गरून्

भन्दै

समवेदना प्रकट गर्नै पर्छ।

म मरेको मैले मैबाट थाहा पाएँ

सायद अरूले मलाई भन्ने थिएनन्

अशुभ कसरी बोल्थे

मृत्युको खबर कसरी दिन्थे।

म एकीकृत भावमा

अर्कैको प्रभावमा

मृत्युलाई पछ्याइरहेँ

सर्वाङ्ग निख्रिसकेको थाहा पाएपछि

मैले मलाई मृत घोषित गरिदिएँ

अब मसँग मलाई मैबाट श्रद्धा सुमन पस्कनुको विकल्प छैन

त्यसैले

मलाई हृदयदेखि नै मेरो श्रद्धाञ्जली

यो मृत आत्माको जीवन्तहरूप्रति हार्दिक

समवेदना ।


लोकप्रिय छुटाउनुभयो कि ?