Logo

बुटवलमा गएराति चार वटा पसलमा आगलागी हुँदा करोडौंको क्षती

                     
Logo 2021-09-05 10:09     Desk

13

बुटवलमा गएराति चार वटा पसलमा आगलागी हुँदा करोडौंको क्षती भएको छ।

बुटवलको राजमार्ग चौराहामा प्रहरी तालिम केन्द्र नजिकै रहेको क्याप हाउसबाट आगलागी सुरू भएको थियो। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बेलुका साढे ९ बजेतिर क्याप हाउसबाट सुरु भएको आगलागीले चार वटा पसलमा पनि क्षती पुर्‍याएको छ।

आगलागीबाट क्याप हाउससहित सैलुन, वर्कसप, जुत्ता पसल र एउटा ट्राभल एजेन्सीको कार्यालयमा क्षती पुगेको छ।

क्याप हाउस, सैलुन र वर्कसपमा पूर्ण रुपमा क्षती पुगेको छ भने अन्य २ मा भने आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ।

बुटवल उपमहानगरपालिकाका-२, तिलोत्तमा, सिद्धार्थनगर र सैनामैना तथा गैडहवाका १-१ गरी ५ वटा दमकलको सहयोगमा राति ११ बजे मात्रै आगो नियन्त्रणमा ल्याएको थियो।

विद्युत सर्ट हुँदा आगलागी भएको प्रारम्भीक अनुसन्धानबाट खुलको प्रहरीले जनाएको छ। क्षतीको यकिन विवरण संकलन भएको छैन। तर, करोड बढीको क्षती भएको प्रहरीले अनुमान गरेको छ।


लोकप्रिय छुटाउनुभयो कि ?