Logo

विराटनगरमा स्वास्थ्य बिचौलियाको बिगबिगी : अफवाह फैलाउने पाँच जना पक्राउ

                     
Logo 2021-09-01 06:09     Desk

13

विराटनगर : उपचारका लागि विराटनगरका विभिन्न अस्पतालहरुमा आउने विरामी र विरामीका आफन्तलाई गलत सुचना दिएर ठगि गर्ने पाँच जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

विरामीले बताएको अस्पतालबारे गलत जानकारी दिई आफुले चाहेको अस्पताल वा क्लिनकमा लैजाने र ठगी गर्ने कार्यमा संलग्न रहेका बिवेक साह, रोहित साह, बिनोद मेहता, सुनिल राय र शेरचन चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनिहरुले विरामीले जान चाहेको अस्पतालमा कोरोना धेरै छ, उपचार राम्रो छैन भन्ने जस्ता अफवाह फैलाएको र सम्पर्कमा भएको फार्मेसीमा औषधी किन्न वाध्य गराउने गरेको पाइएकोले पक्राउ गरीएको मोरङ प्रहरीले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?