काठमाडौं, १५ भदौ। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिलाई कु बाटोमा हिँडाउन खोजेको बताउनुभएको छ । उहाँले नेकपा (एमाले) झापा–काठमाडौं सम्पर्क समितिले मंगलबार काठमाडौंमा आयोजना गरेका कार्यक्रममा सभामुख सापकोटा राजनीतिको राजमार्गबाट नहिँडी कान्ला र भीरको बाटो हिँडेको बताउनुभएको हो ।
त्यहाँ बसेपछि त जे गर्दा पनि हुन्छ,’ ओलीले भन्नुभयो ‘हामी ती कुराहरुलाई स्वीकारेर, मानेर लोकतन्त्रप्रति चिन्ता गरिरहेका छौं । चिन्ता लोकतन्त्रको भविष्यप्रति गरिरहेका छौं । किनभने लोकतन्त्रको भविष्य हाम्रो बलिदानसँग जोडिएको छ ।’ नेकपा एमाले विभाजनअघि ओलीले आफ्नो पार्टीका १४ सांसदलाई ह्वीप उल्लंघनको आरोपमा दलबाट निष्कासन गरी संसद सचिवालयमा जानकारी गराएका थिए । तर सभामुखले नेकपा एकीकृत दर्ता भइसकेपछि ती सांसदहरुलाई कारबाही गर्न नपर्ने भनी निर्णय दिनुभएको थियो । एमालेले सभामुखले समयमा निर्णय नदिएर दल विभाजनमा भूमिका खेलेको आरोप लगाउँदै आएको छ ।
यसैवीच उहाँले वर्तमान सत्ता गठबन्धनले अलोकतान्त्रिक अभ्यास गरिरहेको भन्दै आगामी चुनावमा वर्तमान सत्तारुढ गठबन्धन भत्किने दावी गर्नुभयो ।‘अहिले सरकारमा को रह्यो, को रहेन, को गयो, जालझेल, षडयन्त्र गरेर, तिगडम गरेर, स्वार्थहरुका पोकाहरु एक ठाउँ भेला भएर, उद्देश्य नभएका मान्छेहरुको झुण्ड गयो होला सरकारमा चिन्ताको विषय होइन । ‘ गठजोड चुनावमा गएर सब ठीकठाक भैहाल्छ,’ उहाँले भन्नुभयो ।