काठमाडौं, १४ भदौ । नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनाल मिर्गौला प्रत्यारोपण गरेर स्वदेश फर्किएका छन् ।
दुई महिला लामो अस्पताल बसाइपछि सोमबार पूर्वप्रधानमन्त्री खनाल स्वदेश फर्किएका हुन् । खनालले भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका हुन् ।
गत माघमै उनको मिर्गौलाले काम नगरेको चिकित्सकहरूले बताएका थिए । नियमित डायलाइसिस गरिरहेका नेता खनाल २ असारमा उपचारका लागि भारत गएका आएका थिए । डायलाइसिसले नभएपछि उनको मिर्गौला प्रत्यारोपण नै गर्नुपरेको हो ।
खनाललाई उनकी श्रीमती रविलक्ष्मी चित्रकारकी दिदीकी छोरी मेरिना चित्रकारले मिर्गौला दिएकी हुन् ।