Logo

बैतडीमा स्कारपियो दुर्घटना, चालकसहित दुई जना घाइते

                     
Logo 2021-08-30 09:08     Hamro Biratnagar

दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको स्कारपियो बैतडीमा दुर्घटना भएको छ।

सदरमुकाम गोकुलेश्वारदेखि महेन्द्रनगर आउँदै गरेको बा१२च ४२४० नम्बरको स्कारपियो बैतडीको दोगडाकेदार गाउँपालिका ३, खोलचेक बजार नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ।

‘सडकबाट चिप्लिएर दुर्घटना भएको हो,’ जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता दर्शन खड्काले भने, ‘स्कारपियो सडक भन्दा एक सय मिटर तल खसेको छ।’

उनले दुर्घटनामा चालकसहित दुई जना घाइते भएको र उनीहरूको अवस्था सामान्य रहेको बताए।


लोकप्रिय छुटाउनुभयो कि ?