Logo

गौरीफन्टा नाकामा एक्कासी बेहोस् भएर ढलेका एक नेपालीको मृत्यु

                     
Logo 2021-08-19 05:08     Hamro Biratnagar

कैलाली-कञ्चनपुरसँग सीमा जोडिएको गौरीफन्टा नाकामा बिहीबार फेरि अर्का एक नेपालीको मृत्यु भएको छ । भारतको वनगाउँबाट आफन्त भेटेर आएका कञ्चनपुरको बेदकोट नगरपालिका- २ रौतेली बिचुवाका ५५ वर्षीय रामदिन रानाको नाकामै मृत्यु भएको हो ।

बनगाउँबाट आएर नाकामा भेटिएका आफन्तसँग उभिएर कुरा गरिरहेकै बेला एक्कासी बेहोस भएर ढलेपछि उनको मृत्यु भएको कञ्चनपुरको परासन प्रहरी चौकीका हवल्दार परमानन्द जोशीले जानकारी दिए । ‘वनगाउँ जान लागेकी दिदी सासुसँग नाकामै भेट भएको रहेछ,’ उनले भने, ‘भेट भएर कुरा गर्दागर्दै ढलेछन् ।’

नाकामै ढलेर बेहोस् रानालाई सेती प्रादेशिक अस्पतालमा पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेको प्रहरी हवल्दार जोशीले बताए । उनको शव अहिले अस्पतालमै राखिएको छ भने घटनाबारे आफन्तलाई खबर गरिएको उनले बताए ।


लोकप्रिय छुटाउनुभयो कि ?