Logo

रंगेलीमा अज्ञात समूहद्वारा एक महिनामा ४ वटा गाईको हत्या

                     
Logo 2021-08-17 04:08     Desk

13

रबिन्द्र बराल, विराटनगर : मोरङको रंगेलीमा यस्तो घटना घटेको छ जो कोहिले सुन्दा समेत आफ्नो शरीर सिरिङ्ग गर्ने किसिमको घटना सार्वजनिक भएको छ । रंगेली नगरपालिका बडा नम्बर ७ को बडा कार्यालय नजिकै नगरपालिकाको जग्गामा बसोवास गर्दे आईरहेका श्री प्रसाद मुखियालाई नगरपालिकाले जग्गा खालि गर्ने भने पछि उनी सोहि स्थानको नयाँ टोलमा रहेको आफ्नो निजि ६ कठ्ठा जग्गामा बसोवास गर्नेका लागि उनले बैशाख महिना देखि सो ठाउँमा ग्वाली घर तथा आफू बस्ने घर समेत बनाउन थालेको थिए ।

ग्वाली घर तयारी भए पछि बैशाख महिना देखि उनले पुरानो घरमा पाल्दै आएको ९ बटा गाई र बाछी उनले नयाँ घरमा ल्याएर बाँधन थालेको श्री प्रसादले बताए । नयाँ ग्वाली घरमा गाई बाँधेर राति सबै परिवार आफ्नै पुरानो घरमा बस्ने गरेको र बिहानै ५ बजे गएर गाई बस्तु को स्याहारसुसार समेत गर्दे आईरहेको थिए । श्रावण ९ गते राति सोहि ग्वालीमा बाँधिरहेको ९ दुईवटा गाई मध्ये दुईवटा गाईलाई रातिको समयमा अज्ञात सुमुहले ग्वालीमा लगाईएको ताला फुटाएर दुईवटा गाईलाई ग्वालीबाट बाहिर निकालेर घरमा गाडिएको सखुवाको खम्बामा बाँधेर गाईको मुख, चार वटा खुट्टा बाँधेर , घाटिमा डोरी लगाई गाई लाई खेतमा खुटने क्रममा डारीमा प्रयोग हुने बाँस बाट बनेको किल्ला लगायत अन्य सामाग्रीको प्रयोग गरि गाईको गौ मुत्र गर्ने ठाउँ र मल दुवारमा उक्त किल्ला छिराएर गाईलाई घाइते बनाउने र गाईलाई घाइते बनाएर छाडने गरेको पिडितले बताए ।

घाइते गाई २४ घन्टा समेत नबाँचिकन मरेको उनले बताए । उक्त घटाना सेलाउन नपाउदै श्रवण ३० गते राति पनि श्रि प्रसादले पालनपोषण गरेको दुईवटा गाईलाई पनि त्यसैगरी घाइते बनाएर छाडेको अवस्थामा आफुले पुनः फेला पारेको र सोमबार समेत केही महिना पछि ब्याउनै लागेको गाईलाई समेत अज्ञात समुहले सोहि अनुरुप मारेको र एउटा गाई भने घाइते अवस्थामा रहेको छ । घाइते गाई अहिले उग्राउन छाडेको, दिशा र पिसाव समेत गर्ने छाडेको र केही पनि नखाने गरेको र पशु डाक्टरले समेत उक्त गाई नबाँच्ने भने पछि श्रि प्रसाद चिन्तित रहेको छन ।

उनले भने उक्त गाईलाई यसरी मार्नेका लागि एक दुई जनाको हिम्मत नहुने र यसमा ठुलै गिरोह को सहभागी हुन सक्ने उनले बताए । आफ्नो अहिलेसम्म गाउँ घरमा कुनै प्रकारको कोहि संग रिसिभी नभएको र आफुले कसैलाई केही पनि नगरेको भएता तर यसरी आफुले पालनपोषण गरेको गाई लाई यसरी यातना दिएर मार्ने जो कोहि लाई समेत पक्राउ गरि कडाभन्दा कडा सजाय हुनुपर्ने उनले बताए ।

प्रहरीले अपराधीहरु को खोजि कार्यालाई तिव्रका साथ अगाडि बडाएको मोरङ प्रवक्ता दिपक श्रेष्ठका अनुसार सो घटनाको अनुसन्धान भईरहेको श्रेष्ठले बताए ।


लोकप्रिय छुटाउनुभयो कि ?