विराटनगर : मास्टर सेकेन्ड सेमेस्टरका विद्यार्थीहरुले बन्दाबन्दीको समयको शुल्क नलिन माग गर्दै सोमबार महेन्द्र मोरङ क्याम्पसलाई ध्यानाकर्षण गराएको छ ।
विद्यार्थीहरुले सोमबार महेन्द्र मोरङ क्याम्पसका प्रमुखलाई बन्दाबन्दीको समयको शुल्क नलिन माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।
नविन पहाडी, आमोश प्याकुरेल, लुना पोखरेल, कृतिका राजभण्डारी लगायतको नेतृत्वमा विद्यार्थीहरुले ज्ञापन पत्र बुझाएका हुन् ।
विद्याथीहरुले शुल्क मिनाहासहित छात्रावृत्ति वितरण लगायतको समेत माग राखी क्याम्पस प्रशासनलाई ज्ञापन पत्र बुझाएका हुन् ।