Logo

कैलालीमा अबैध रुपमा काठ चिरान गरिरहेका इलामका दुई जना पक्राउ

                     
Logo 2021-08-16 10:08     Desk

13

कैलाली जिल्लामा प्रहरीले जंगलमा अबैध रुपमा काठ चिरान गरिरहेका दुई जनालाई पक्राउ गरेको छ ।

आइतबार मोहन्याल गाउँपालिका– ७ संगम सामुदायिक वनको बडीआममा अवैध रुपमा काठ चिर्ने काम भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सुगरखालबाट खटिएको प्रहरी टोलीले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ईलाम जिल्लाको फागुनन्दा गाउँपालिका– ७ बस्ने वर्ष २६ को बिक्रमलिम्बु र २४ वर्षीय अर्जुन लिम्बु रहेका छन् ।

उनीहरूले सालको काठ चिरिरहेको अवस्थामा काठ चिर्ने मेसिन (चेन्स) थान –१ (एक), ३.४ को सात फुटको कडी थान –११९ (एक सय उन्नाईस), ऐ.ऐ. १० फुटको कडी थान –३१(एकतीस), ७ फुटको पट्रा थान –३६ (छत्तीस), २.४ ईन्चको कडी थान –६ (छ) फेलापारी चिर्न प्रयोग गरेका मेसिन र काठ बरामद गरी दुवै जनालाई आवश्यक कारबाहीका लागि संगम सामुदायिक वनमा बुझाइएको प्रहरीले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?