Logo

विषालु सर्पको टोकाइबाट एक बालकको मृत्यु

                     
Logo 2021-08-16 10:08     Desk

13

डोटी जिल्लामा विषालु सर्पको टोकाइबाट पूर्वीचौँकी गाउँपालिका–६ मा एक बालकको मृत्यु भएको छ ।

विषालु सर्पको टोकाइबाट पाँच वर्षीय बालक हेमराज भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सह–प्रवक्ता तथा प्रहरी निरीक्षक रविन्द्र चन्दले जानकारी दिए ।

आइतबार बेलुकी आँगनमा खेलिरहेको समयमा उनलाई विषालु सर्पले टोकेको थियो । बालकलाई जिल्ला अस्पताल डोटीमा ल्याइए पनि उपचारका क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?