काठमाडौं, २९ साउन । सानिमा लाइफको इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँड शनिबार हुने भएको छ ।
धितोपत्र प्रबन्धक प्रभु क्यापिटलले सानिमा इन्स्योरेन्सको कार्यलयमा शनिबार बिहान ११ बजे आईपीओ बाँडफाँड हुने जानकारी दिएको हो ।
कम्पनीले गत २० देखि २४ साउनसम्म १०० अंकित दरका कुल ६० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमा ५४ लाख कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिएका थिए ।
यो आईपीओमा हालसम्मकै सर्वाधिक आवेदन परेको छ । आईपीओका लागि २४ लाख १९ हजार १ सय २७ आवेदकबाट कुल ३ करोड ६९ लाख ४३ हजार ४ सय ४० कित्ताका लागी आवेदन परेको छ । जुन मागभन्दा ६ दशमलव ८४ गुणा बढी आवेदन हो ।