काठमाडौं । खोप केन्द्रमा भइरहेको अव्यवस्थित भीडभाडप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले शनिबार (आज) एक विज्ञप्ति जारी गर्दै खोप केन्द्रहरमा भीडभाड नगर्न आग्रह गर्दै आवश्यक्ताअनुसार स्वयम्सेवकहरु परिचालन गर्न आग्रह गरेको हो ।
साथै हाल चलिरहेका र शुरु हुने अभियानमा जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरुलाई सहज हुनेगरि व्यवस्थापन गर्न सम्पूर्ण जिल्ला खोप समन्वय समितिहरु,जिल्ला स्वास्थ्य कार्यालय,स्थानीय निकाय र सबै सरोकारवालालाई मन्त्रालयले अनुरोध गरेको छ ।
साथै मन्त्रालयले कोरोना संक्रमणको उच्च जोखिमबाट जोगाउन सञ्चालन भइरहेको खोप अभियान सफल बनाउन स्वास्थ्य मापदण्ड अपनाउन पनि आग्रह गरेको छ । जनस्वास्थ्यका मापदण्डहरुको पालनाको विषयको पालनालाई बृहत्तर बनाउन सरकारले आजदेखि २९ गतेसम्म राष्ट्रिय रुपमा नेपाल माक्स अभियान सञ्चालन गरेको छ ।