काठमाडौं, २२ साउन । कोभिसिल्ड खोपको दोस्रो डोज २५ साउनदेखि लगाइने भएको छ ।
भुटानबाट शुक्रबार तीन लाख डोज एस्ट्राजेनेकाको खोप आएपछि कोभिसिल्डको पहिलो मात्रा लगाएर बसेकालाई दोस्रो मात्रा लगाउन लागिएको हो ।
‘२५ गतेदेखि लगाउने तयारी गरेका छौँ । भुटानबाट खोप आएको छ । अब जापानबाट पनि भोलिदेखि आउँछ,’ खोप शाखाका प्रमुख डा. झलक गौतमले भने ।
जापानले कोभ्याक्समार्फत नेपाललाई १६ लाख डोज खोप दिन लागेको हो । १४ लाख नागरिक कोभिसिल्डको पहिलो मात्रा लगाएर दोस्रो मात्राका प्रतीक्षामा थिए ।