कैलाली । मिति २०७८।०३।१३ गते जिल्ला कैलाली धनगढी उप-महानगरपालिका वडा नं. ४ घर भई ऐ.ऐ. चौराहा नजिक ओम शिवशक्ती सुनचाँदी पसलका संचालक सचिन सोवले अवैध सुन (धातु) को कारोवार गरी रहेको सुदुर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
सुदुर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी अनुसार गोप्य सुचनाका आधारमा सुदुर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी अपराध अनुसन्धान समुह (RIT), यस कार्यालय र ईलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट संयुक्त रुपमा खटिएको टोलीले जिल्ला कैलाली गोदावरी नगरपालिका वडा नं २ अत्तरीया बसपार्क स्थित जिल्ला डडेल्धुरा अमरगढी नगरपालिका वडा नं ५ बस्ने वर्ष ३० को सुरज घतानेलाई चेकजाँच गर्दा निजको साथबाट तौल गर्दा अवैध १२० (एकसय बिस ग्राम) परीमाणको सुन (धातु), नगद नेपाली रु ४,०००।– र Samsung मोबाईल थान १ फेला पारी बरामद गरी अनुसन्धान गर्दा जिल्ला कैलाली धनगढी उप-महानगरपालिका वडा नं ४ बसपार्क बस्ने वर्ष ४२ को सचिन सोवलाई पक्राउ गरी निजको घरकोठाबाट अबैध ६७ ग्राम ८८० मिलिग्राम सुन समेत बरामद गरी थप अनुसन्धान गर्दा निजले जिल्ला कैलाली धनगढी उप-महानगरपालिका वडा नं ३ बस्ने वर्ष ४० को दिपेन्द्र (वि.क.) विश्वकर्माबाट रु १०,००,०००।–(दश लाख) मा खरिद गरेको बुझिन आई निज दिपेन्द्र (वि.क.) विश्वकर्मालाई पक्राउ गरीएको छ ।
निज सचिन सोवले बैँक अफ काठमाण्डौ लिमिटेडको रु.१० लाख को चेक समेत फेला पारी बरामद गरिएको निजहरुका साथबाट जम्मा १८७ ग्राम ८८० मिलिग्राम अवैध सुन नगद रु.४०००।–(चार हजार) र १० लाख भरेको बैंक अफ काठमाण्डौको चेक समेत बरामद गरी निज तिनै जनालाई आवश्यक कारबाहीका लागी आज मिति २०७८।०३।१४ गते राजश्व अनुसन्धान कार्यालय,कोहलपुर बाँके पठाईएको सुदुर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।