Logo

आजबाट क्लब हाउस एपमार्फत लाइभ टक शो सञ्चालनमा ल्याउँदै हाम्रो विराटगर

                     
Logo 2021-06-10 12:06     Desk

13

विराटनगर : हाम्रो विराटगर डटकमले सञ्चालन गर्न लागेको लाइभ टक शो आजबाट सुरु हुँदै छ ।

विराटनगर स्थित क्रिसेन्ट मिडिया प्रा. लि. द्वारा सञ्चालित हाम्रो विराटगरले क्लब हाउस एपमार्फत टक शो सञ्चालन गर्ने भएको हो ।

टक शोको पहिलो अंक आज साँझ विराटनगर सिटि फुटबल ब्लबका अध्यक्ष शुभाषिश कोइरालासँग हुने छ । कार्यक्रम साँझ ७ बजेदेखि करिब एक घण्टासम्म सञ्चालन हुने छ ।

विशेषतः सबै बिषयलाई समेट्ने प्रतियोगितामा हरेक क्षेत्रमा सफलता हासिल गरेका व्यक्तिको उपलब्धि, उनीहरूको क्यारियर, व्यावसायिक यात्राको विभिन्न पाटोसँगै व्यक्तिगत जीवनका रमाइला पक्षहरूको सेरोफेरोमा सो कार्यक्रम केन्द्रित रहेको छ। कार्यक्रमले प्रारम्भिक चरणमा उल्लिखित क्षेत्रका व्यक्तिहरूमा केन्द्रित रहे पनि विस्तारै यसको स्वरूपमा समाजका अन्य क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेका युवाहरूलाई पनि समेट्ने छ ।

के हो क्लब हाउस ?

क्लबहाउस एउट इन्भिटेशनमा आधारित अडियो च्याटरुम हो। अल्फा एक्सप्लोरेशन कम्पनीले गत वर्ष अर्थात् सन् २०२० मार्चमा स्टार्टअपका रुपमा अमेरिकामा शुरु गरेको यो एपमा रुम क्रियट गरेर कुराकानी तथा छलफल गर्न र आफ्ना साथीभाइहरुलाई सहभागिताका लागि आमन्त्रण गर्न सकिन्छ।

शुरुमा केही व्यापारीहरुले यसलाई छलफल गर्ने थलो बनाएका थिए। यो एप लगभग दुई महिना सञ्चालनमा आएपछि कम्पनीलाई एन्ड्रीसेन होरोविजले १ करोड २० लाख डलर लगानी गरेको थियो। सिलिकन भ्याली क्यालिफोर्नियामा रहेको भेन्टर क्यापिटल संस्था हो जसले प्रविधिका माध्यमबाट भविष्य बनाउन खोजिरहेका आँटिला व्यवसायीहरुलाई अगाडि बढ्न आर्थिक सहयोग उपलब्ध गराउँछ।

तत्कालका लागि कसैको निमन्त्रणा इन्भिटेशन बाट मात्र जोडिन मिल्ने यो एपमा यदि तपाईँले कसैबाट निमन्त्रणा पाउनुभएको छ वा एप चलाउने रहर लागेको छ भने तलका चरणहरुमा ध्यान दिनु लाभदायक हुन सक्छ:

  • निमन्त्रणा स्वीकार गर्नुहोस्
  • मन परेका टपिक छानेर यूजरहरुलाई फलो गर्नुहोस्
  • एपमा आफ्नो प्रोफाइल बनाउनुहोस्
  • होमपेजमा स्क्रोल गर्नुहोस्
  • अरु यूजरहरु, क्लब तथा रुम खोज्नका लागि एक्प्लोर पेज बटन थिच्नुहोस्
  • क्लबमा जोडिनुहोस्
  • क्लब शुरु गर्नुहोस्
  • रुममा प्रवेश गर्नुहोस्
  • बोल्नका लागि अनुरोध गर्नुहोस्
  • साथीहरुलाई रुममा इन्भाइट आमन्त्रण गर्नुहोस्
  • रुमबाट बाहिरिनुहोस्
  • आउँदै गरेका रुमहरु के के छन् हेर्नुहोस्
  • साथीहरुलाई इन्भाइट गर्नुहोस्


लोकप्रिय छुटाउनुभयो कि ?