Logo

भारतको जेलबाट फर्किएका इलामका तिम्सिनाको उपचार प्रदेश सरकारले गर्ने

                     
Logo 2021-03-23 07:03     Hamro Biratnagar

13

विराटनगर : भारतीय जेलबाट ४० वर्षपछि छुटेका इलामका माइनगरपालिका–१० लुम्बकका दुर्गाप्रसाद तिम्सिनाको उपचार प्रदेश सरकारले गर्ने भएको छ ।

जेलबाट छुटेर आफ्नो घर फर्किसकेका तिम्सिनाको स्वास्थ्य उपचारका सम्पूर्ण खर्च प्रदेश सरकारले बेहोर्ने भएको हो ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा सामाजिक विकास मन्त्री हिक्मत कार्कीले तिम्सिनाको स्वास्थ्य उपचार र थप क्षतिपूर्तिका लागि सरकारकातर्फबाट सहयोग तथा समन्वय गर्ने बताउँदै जिल्ला प्रशासन कार्यालय इलामका प्रमुख जिल्ला अधिकारीमार्फत परिवारसम्म मंगलबार सन्देश पठाएको हो ।

इलामका प्रमुख जिल्ला अधिकारी ध्रुव खड्काका अनुसार मन्त्री कार्कीको सन्देश मंगलबार नै परिवारसम्म पु¥याइएको छ ।

सरकारी सहयोग प्राप्त गर्नका लागि पहिलो चरणमा उनको नागरिकता बनाउने काम जिल्ला प्रशासन कार्यालय इलामले गर्नेछ । मंगलबार नै इलामका प्रमुख जिल्ला अधिकारी खड्का माइनगरपालिका–१० नम्बर वडालाई कानुनी प्रक्रिया पु¥याएर नागरिकता प्राप्तका लागि आवश्यक सिफारिस बनाउन निर्देशन दिईसक्नु भएको छ ।

प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय अन्तर्गत तिम्सिनाको उपचार खर्च बेहोर्ने र उपचार गराउने जिम्मेवारी लिने भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले क्षतिपूर्तिका लागि संघीय सरकारसँग सहयोगका लागि समन्वय गर्ने भएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?