Logo

सिँगटी हाइड्रोको शेयर भर्ने आज अन्तिम दिन

                     
Logo 2021-03-23 02:03     Desk

13

काठमाडौं, १० चैत । सिँगटी हाइड्रो इनर्जी लिमिटेडको शेयर भर्ने आज अन्तिम दिन हो । शेयर खरिदबिक्रीको जिम्मा पाएको मेगा क्यापिटल मार्केट्सले बैंकिङ समयसम्म मात्र आईपीओका लागि आवेदन दिन सकिने जनाएको छ ।

नेपाल धितोपत्र बोर्डले गत २१ पुसमा सो हाइड्रोलाई आईपीओ निष्कासनको अनुमति दिएको थियो । जसअनुसार हाइड्रोले आयोजना प्रभावित र सर्वसाधारणका लागि कुल ४३ लाख ५० हजार कित्ता आईपीओको व्यवस्था गरेको थियो । जसमध्ये पहिलो चरणमा आयोजना प्रभावित दोलखा जिल्लाका बिगु र कालिन्चोक गाउँपालिकाका बासिन्दाका लागि १४ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको गरेको थियो ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २९ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको छ । जसमा २ प्रतिशत अर्थात ५८ हजार कित्ता शेयर कर्मचारीका लागि सुरक्षित गरेको छ भने ५ प्रतिशतले हुन आउने १ लाख ४५ हजार कित्ता सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ । बाँकी २६ लाख ९७ हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

यो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा २ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त गरी सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरूबाट यो आईपीओमा आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?