Logo

नेप्सेले गर्‍यो किसान लघवित्तको शेयर कारोबार रोक्का

                     
Logo 2021-03-23 01:03     Desk

13

काठमाडौं, १० चैत । किसान लघुवित्तले शेयरमूल्यमा प्रभाव पार्ने नियतले गलत सूचना प्रकाशन गरेको भन्दै मंगलबार नेप्सेले स्पष्टीकरण सोधेको छ । गलत सूचना प्रवाह गरेर मूल्यमा प्रभाव पार्ने तथा लगानीकर्तालाई भ्रममा राख्न खोजेको आरोप लगाउँदै नेप्सेले स्पष्टीकरणसहित कारोबारसमेत रोक्का गरेको हो ।

लघुवित्तले गत आइतबार आफ्नो वार्षिक साधारणसभाको सूचनामा १ बराबर १ को अनुपातमा हकप्रद निष्कासन गर्ने एजेन्डालाई विशेष प्रस्तावमा राखेको थियो । तर भोलिपल्ट अर्थात् हिजो सोमबार संस्थाले फेरि संशोधित सूचना प्रकाशित गर्दै उक्त हकप्रदको एजेन्डा विशेष प्रस्तावबाट हटाएको थियो । यसरी मूल्यमा प्रभाव पर्ने गरी सूचना संशोधन गरेको भन्दै नेप्सेले लघुवित्तको शेयर कारोबार रोक्का गर्दै स्पष्टीकरण सोधेको हो ।

नेप्सेले पठाएको पत्रमा के–कति कारणले हकप्रदको एजेन्डा राखेर पुनः हटाएको र हकप्रद जारी गर्ने भन्ने सञ्चालक समितिको प्रस्ताव किन समयमा नै जानकारी दिन नसकेको हो भन्ने विषयमा तीन दिनभित्र स्पष्ट पार्न निर्देशन दिइएको छ ।

यसअघि साधारणसभाको पहिलो सूचना आउनासाथ लघुवित्तको शेयरमूल्य उचालिएको थियो भने संशोधित दोस्रो सूचना आएसँगै लघुवित्तको शेयरमूल्य घटेको थियो ।

https://youtu.be/iWBtVbPe_t8


लोकप्रिय छुटाउनुभयो कि ?