Logo

उदयपुरबाट लागुऔषध ब्राउनसुगर सहित छ जना पक्राउ

                     
Logo 2021-03-23 01:03     Desk

13

विराटनगर, १० चैत । उदयपुरबाट लागुऔषध ब्राउनसुगर सहित छ जना पक्राउ परेका छन् । उदयपुरको चौदण्डीगढी नगरपालिका–४ नमुना स्थितबाट लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा उदयपुर चौदण्डीगढी–५ का २३ बर्षीय सुनिल राई,उदयपुर त्रियुगा–१३ का २४ बर्षीय हरी खड्का, ३० बर्षीय खगेन्द्र राई, २४ बर्षीय दिपक रम्तेल, सप्तरीको कंकालिनीका २० बर्षिय बब्लु मुखिया र २५ बर्षीय ऋषि कुमार क्षेत्री रहेका छन ।

उनिहरुलाई इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुको साथबाट ३.३८ ग्राम खैरोहिरोईन ब्राउनसुगर, ७ बोतल कोरेक्स, ५० ग्राम गाँजा फेला पारी बरामद गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी नायव उपरिक्षक विपिन रेग्मीले जानकारी दिए ।

https://youtu.be/iWBtVbPe_t8


लोकप्रिय छुटाउनुभयो कि ?