Logo

विराटनगर आएर सभापति देउवाले भने–सरकारमा जान हतार छैन

                     
Logo 2021-03-23 12:03     Desk

13

फाइल फोटो

विराटनगर, १० चैत । नेपाली कांग्रेसका सभापती शेरवहादुुर देउवाले कांग्रेसलाई सरकारमा जान हतार नभएको बताएका छन् । विराटनगर विमानस्थलमा मंगलबार संचारकर्मीहरुसँग कुुरागर्दै उनले काग्रेसलाई जनताले प्रतिपक्षको म्यान्डेड दिएकाले सरकारमा जान कांग्रेसलाई हतार नरहेको बताएका हुन् ।

सभापति देउवाले कांग्रेस प्रतिपक्षमा वसेर जनताको हितमा काम गरिरहेको बताए । ‘जनताले हामीलाई प्रतिपक्षमा बस्ने म्यान्डेड दिएका हुन् ।’ उनले भने,‘म्यान्डेड अनुुसार अहिले हाम्रो सरकारमा जाने अवस्था छैन । सरकारमा जान केही वितेको छैन । हामीले जिम्मेवार प्रतिपक्षको भुुमिका निर्वाह गरिरेका छौँ ।’

अर्को एक प्रश्नमा सभापति देउवाले संविधान पुुनस्स्थापनाको विषयमा अदालतले निर्णय गरि सकेकाले अदालतको निर्णय सवैले मान्नुुपर्ने बताए । सभापति देउवा मोरङमा आयोजित कार्यक्रमा सहभागि हुन विराटनगर आइपुगेका हुन् ।

https://youtu.be/iWBtVbPe_t8


लोकप्रिय छुटाउनुभयो कि ?