Logo

भारतमा कोरोना संक्रमण तीब्ररुपमा बढ्दै गएपछि जोगबनी नाकामा उच्च सतर्कता

                     
Logo 2021-03-22 05:03     Desk

13

विराटनगर, ९ चैत । भारतमा कोरोना संक्रमणदर तीब्र गतिमा बढ्दै गएपछि प्रदेश ्१ को मुख्य जोगबनी नाकामा उच्च सतर्कता अपनाउन सुरु गरिएको छ । भारततर्फ पछिल्लो समय कोरोना संक्रमण दर अत्याधिक मात्रामा बृद्धि हुनथालेपछि नेपाल प्रवेश गर्ने मुख्य नाका जोगबनीमा उच्च सतर्कता अपनाउन सुरु गरिएको हो ।

सोमबार जिल्ला प्रशासन कार्यालय मोरङमा बसेको जिल्लास्तरीय खोप समितिको बैठकले मोरङमा पनि संक्रमण दर बढ्न थालेकाले सतर्कता अपनाउने निर्णय गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले जानकारी दिए ।

उनले भारतबाट प्रवेश गर्ने शंकास्पद व्यक्तिको कोरोना परिक्षणपछि मात्र नेपाल तर्फ प्रवेश गर्न दिइने बताए । प्रमुख जिल्ला अधिकारी निरौलाले शंकास्पद व्यक्तिको नाकामै एन्टिजेन परीक्षण गरिने बताए ।

एन्टिजेन जाँच गर्दा कोरोना भए–नभएको तत्कालै रिपोर्ट आउने जनाइएको छ । ‘नाकामा पहिलेदेखिनै रहेको हेल्थ डेस्कलाई पुनः त्यसलाई नै सक्रिय बनाउने बैठकले निर्णय गरेको छ ।’ उनले भने,‘सीमा नाकामा स्वास्थ्य परिक्षण गरिनुका साथै शंकास्पद व्यक्तिको एन्टिजेन परीक्षण गरिने छ ।’ बैठकले मोरङमा रहेको पाँच हजार आठ सय ७० डोज कोरोना खोप पहिलो र दोस्रो चरणमा छुटेका र विराटनगरका शिक्षकलाई लगाइने समेत निर्णय गरेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?