Logo

सुमार्गीको भेटियो ११ अर्व भन्दा बढी अकुत सम्पत्ति

                     
Logo 2021-03-22 03:03     Hamro Biratnagar

13

काठमाडौं, चैत ९ । ब्यापारी अजेयराज सुमार्गीको ११ अर्व भन्दा बढी अकुत सम्पत्ति फेला परेको छ । सम्पत्ति शुद्धिकरण विभागले लामो अनुसन्धानपछि सुमार्गीको साढे ११ अर्बभन्दा बढी रकम अबैध रहेको फेला पारेको हो ।

सम्पत्ति शुद्धिकरण विभागका एक अधिकृतले जनताटाइम्सलाई दिएको जानकारीअनुसार बिभागले एक महिना अघि नै अबैध सम्पत्ति रहेको जनाउदै सुमार्गीविरुद्ध मुद्धा चलाउने तयारी गरेको थियो । तर राजनीतिक उथलपुथलका कारण मुद्धा रोकिएको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अधिकारीले गरेको अनुसन्धानले बिदेशबाट ल्याइसकिएको र ल्याउन लागिएको दुवै रकम अबैध रहेको पुष्टि गरेपछि विभागले पनि छुट्टै अनुसन्धान गरेको थियो ।

दुई वर्ष अघिको दुवै अध्ययन प्रतिवेदनलाई अनुमोदन गर्न विस्तृत अध्ययनका लागि अनुसन्धान अधिकृत तोक्न वा सरोकारवाला निकायलाई जिम्मेवारी दिई मुद्दा प्रक्रिया अघि बढाउने गरी विभागलाई जिम्मेवारी दिएको थियो । अवैध सम्पत्ति आर्जनबारे अनुसन्धान गर्ने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सुमार्गीका विषयमा बहानाबाजी गर्दै यसलाई टुंग्याउन अलमल गरिरहेको भएपनि ठोश प्माण फेलापरेपछि पछिल्लो एक महिनाअघिदेखि सुमार्गीलाई मुद्धा चलाउने तयारी गरिरहेको थियो ।

बिभागको अध्ययनअनुसार करिब ११ अर्ब ५० करोड रुपैंयाँ उनले विदेशबाट भित्र्याइसकेका थिए । प्रत्यक्ष बैदेशिक लगानी (एफडीआई) को स्वीकृती दिने निकायहरु उद्योग विभाग, उद्योग मन्त्रीले अध्यक्षता गर्ने औद्योगिक प्रवद्र्धन बोर्ड र प्रधानमन्त्रीले अध्यक्षता गर्ने लगानी बोर्डको स्वीकृतिबिनै सुमार्गीले उक्त रकम भित्र्याउनु भएको हो । सुमार्गीको अबैध सम्पत्तिमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको समेत हिस्सा रहेको स्रोतले बताएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?