Logo

दमकको चिया बगानमा भयानक दुर्घटनाः मृत्यु हुनेको संख्या दुई पुग्यो

                     
Logo 2021-03-20 09:03     Desk

13

उर्लाबारी । झापाको दमक स्थित चियाबगानमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या दुई जनाको मृत्यु भएको छ । आज साँझ ५ बजे भएको सो दुर्घटनामा परि रतुवामाई नगरपालिका ८ इटहरा बस्ने बर्ष २४ का अनिस कोईराला र सोही ठाउँका २३ वर्षका निरन बस्नेतको मृत्यु भएको हो ।

पुर्वबाट पश्चिम आउँदै गरेको प्रदेश नम्बर १–०२–०४४ प ८१३३ नम्बरको मोटरसाईकललाई बिपरित दिशाबाट जाँदै गरेको प्रदेश १–०२–००१ च १०८२ नम्बरको ट्रिपरले ठक्कर दिदा मोटरसाईकलमा सवार कोईराला र बस्नेतको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरिक्षक नवराज कार्कीले जानकारी दिनुभयो ।

सोही मोटरसाईकलमा सवार ९ का १८ वर्षिय हर्षीत बास्तोला गम्भीर घाईते भएका छन् । उनको बिएण्डसी अस्पताल विर्तामोडमा उपचार भईरहेको छ । त्यस्तै पुर्वबाट पश्चिम जाँदै गरेको अर्को को२८प ११३३ नम्बरको मोटरसाइकल समेत ठोक्किदा उर्लाबारी ८ का ४० बर्षिय तुलाराम ढुंगाना र ८५ बर्षिय शिबलाल ढुंगाना घाईते भएका छन् । उनीहरुको दमक स्थित निम्स अस्पतालमा उपचार भईरहेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?