Logo

नेपाल पक्षका सांसद कृष्णभक्त भन्छन् :नेपाल समुहमा गएर गल्ती गरेँ

                     
Logo 2021-03-20 03:03     Desk

13

काठमाडौं, चैत्र ७-नेकपा एमालेमा माधव नेपाल पक्षका प्रभावशाली सांसद कृष्णभक्त पोखरेल संस्थापन पक्षमै फर्किएको घोषणा गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी संसदीय दलको बैठकमा उहाले एमाले पुनःस्थापित भएपछि आफु सबैभन्दा खुशी भएको बताउनु भयो ।

गौरवशाली पार्टी एमाले, जनताको बहुदलिय जनबाद (जबज) र सूर्य चिन्ह पाएपछि आफू केपी ओलीको अभियानलाई सघाउन पूरानो समूह त्यागेर संस्थापन पक्षमा आएको बताउनु भयो । ‘छुट्टै दलको बैठक बस्नुपर्ने कुरा सकियो । म अब मूलधारमा लागेँ, यसबीचमा कहिँ कतै गल्ति भएको भए माफ पाउँ । मेरो गुरु सुवास नेम्वाङलाई मैले भने संसद विघटनमा मेरो असहमति थियो । अब सम्बृद्ध नेपाल बनाउन केपी ओलीको अभियानलाई साथ दिन र पार्टी एकताको लागि म यहाँ आएको छु’, उहाले भन्नुभयो ।


लोकप्रिय छुटाउनुभयो कि ?