Logo

अब प्रतिनिधिसभाले लय समात्छ : सभामुख सापकोटा

                     
Logo 2021-03-20 03:03     Desk

13

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाले बिस्तारै लय समात्ने बताएका छन् । शनिबार जीपी कोइराला मेमोरियल(सामुदायिक) कलेजको आठौँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सभामुख सापकोटाले प्रतिनिधिसभा सञ्चालनमा केही समस्या भएका कारण त्यसलाई लयमा फर्काउन मेहनत गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।

संसद् छलफल, बहस, बादविवाद र संवाद हुँदै अघि बढ्ने भन्दै उनले चुनौतीको सामना गर्न प्रतिकूलतामा पनि अनुकूलता खोज्ने उपाय खोजिरहेको बताए । संसद्ले अनेकौ चुनौतीको सामना गर्दै गुणस्तरीय कानुन निर्माणको लागि प्रयत्न गरिरहेको पनि उनको भनाइ छ ।

'अलिकति समस्याहरू छन् । त्यसलाई लयमा फर्काउनको लागि बढी नै मेहनत गर्नुपर्ने आवश्यकता छ । तर, हिजोबाट तपाईंहरूलाई लाग्यो होला अब त्यसले लय समात्छ । त्यसले गति लिन्छ । त्यो जीवन्त र जनमुखि हुने नै छ । हामीले संसद्लाई जीवन्त र जनमुखी बनाउने प्रण गरेका छौँ । संसद्को मुख्य काम कानुन निर्माण गर्ने हो । कानुन निर्माण गर्ने कुरामा हामी अनेकन चुनौतीको सामना गर्दै त्यसलाई गुणस्तरीय कानुन निर्माण गर्नका लागि भगिरथ प्रयत्न गर्दैछौँ र त्यसपछि बनेको कानुन कार्यान्वयन गर्ने हाम्रो कर्तव्य हुनेछ' उनले भने ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले राजनीतिक पार्टीबीच सहमति र सहकार्य हुन नसकेको भन्दै सहमति साथ मुलुकलाई राजनीतिक स्थिरतातर्फ लैजानु आवश्यक रहेको बताए । ‘मुलुक तरलताको अवस्थामा छ । अझै पनि राजनीतिक पार्टीमा सहमति, सहकार्य र एकता हुन सकेको छैन । मुलुकलाई समृद्धितर्फ, राजनीतिक स्थिरतातर्फ लगेर जान आवश्यक छ’ उनले भने । सांसद प्रधानले राजनीतिक सहमति नभए मुलुकमा अस्थिरता हुनाले देशमा विकास र शान्ति नहुने पनि बताए ।


लोकप्रिय छुटाउनुभयो कि ?