Logo

काठमाडौंमा खनाल-नेपाल समूहनिकट युवासंघको राष्ट्रिय कार्यकर्ता भेला

                     
Logo 2021-03-20 12:03     Desk

13

काठमाडौं, ७ चैत । नेकपा (एमाले) को खनाल-नेपाल समूह निकट युवा संघ नेपालले राष्ट्रिय कार्यकर्ता भेला गर्दैछ । काठमाडौंको राष्ट्रिय सभागृहमा हुने भेलालाई पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता माधव नेपालले सम्बोधन गर्ने कार्यक्रम छ ।

भेलामा सहभागी हुन युवासंघका नेता-कार्यकर्ता देशभरबाट आएका छन् । एमाले र माओवादी केन्द्र ब्युँतिएपछि एमाले विवाद बढीरहेको छ । सोही क्रममा खनाल-नेपाल समूहले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गरेको थियो ।

पार्टीमा समानान्तर अभ्यास चलिरहेको सन्दर्भमा खनाल-नेपाल समूह निकट युवा संघले राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको हो । एमालेको विवादका कारण प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आजका लागि डकेको संसदीय दल तथा केन्द्रीय समितिको बैठक खनाल-नेपाल समूहले बहिस्कार गरेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?