Logo

विराटनगरमा जावा बीएस–सिक्स इन्जिनयुक्त जावा पेराक बिक्रि सुरू

                     
Logo 2021-03-19 10:03     Desk

13

विराटनगर, ६ चैत । क्लासिक लिजेन्ड्सको आधिकारिक वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटो इंक प्रालिको विराटनगर स्थित डिलरबाट जावा बीएस–सिक्स इन्जिनयुक्त जावा पेराक बिक्रि सुरू गरेको छ । शुक्रबार विराटनगर स्थित शोरुममा एक कार्यक्रमको आयोजना गरी जावा पेराक मोटरसाईको बिक्रि सुरू गरेको हो । नेपाल अटो मोवाइल्स एसोशियसनका उपाध्यक्ष सुवास आचार्यले घुम्टो खोलेर मोटरसाईकलको बिक्रि सुभारम्भ गरेका हुन् ।

बिक्रि शुभारम्भ भएसँगै मोटरसाइकलका सोखिनहरूले अब पहिलो फ्याक्ट्री निर्मित बब्बर पेराक बुक गर्न सक्ने अग्नी मोटो इन्कका रिजनल म्यानेजर गोपाल श्रेष्ठले बताए ।

जावा पेराक बीएस–सिक्स ३३४ सीसी, सिंगल सिलिन्डर, लिक्विड–कुल्ड डीओएचसी इन्जिनसहित आएको छ, जुन ३०० एचपी पावर र ३१ एनएम टर्क उत्पन्न गर्न सक्षम रहेको उनले जानकारी दिए ।

उनका अनुसार यो जावा र जावा फोर्टी–टु मोटरका तुलनामा ठूलो बोरका कारणले यो अधिक शक्तिशाली छ । यो इन्जिन सिक्स स्पिड ट्रान्समिसनसँग जोडिएको छ । स्टाइलअनुसार पेराक बबर बाइक हो। यो मोटरसाइकल ट्वीटेड चेसिस चेसिस र स्विङ आर्मसहितको कम र लामो आकर्षक आकारको छ ।

बबर सौंदर्यशास्त्रलाई ध्यानमा राखेर जावा पेराकसँग फ्लोटिङ सिंगल सीट छ, जसको मुनि गोलो ब्रेकलाइट छ । यसबाहेक, पेराकमा बार–एन्ड मिरर, काटिएकोफेन्र्डर्स र काटिएकोनिकासा पाइप (चप्ड फेन्र्डर्स र चप्ड पाइप) तथा र त्रिकोणीय उपकरण बक्स समावेश गरिएको छ । जावा पेराकको सुरुवाती मूल्य रु ७ लाख ५० हजार रुपैयाँ रहेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?