Logo

एभरेष्ट कलेज फुटबल टुर्नामेन्टको उपाधि कक्षा १२ को व्यवस्थापन संकायलाई

                     
Logo 2021-03-19 12:03     Hamro Biratnagar

13

विराटनगर, ६ चैत । विराटनगर–५ स्थित एभरेष्ट कलेज फुटबल टुर्नामेन्ट २०७७ को उपाधि कक्षा १२ को व्यवस्थापन संकायले जितेको छ ।

कलेजकै खेलमैदानमा शुक्रबार सम्पन्न फाइलन खेलमा कक्षा १२ कै विज्ञान संकायलाई १ का विरुद्ध २ गोल गर्दै व्यवस्थापन संकायले उपाधि जितेको हो । विज्ञान संकायकालागि एक मात्र गोल डेविड पराजुलीले गरे भने व्यवस्थापन संकायका लागि आमोस दाहाल र विपुल श्रेष्ठले गोल गरे । ६० मिनेट खेलाइएको खेल अत्यन्तै रोमाञ्चक बनेको थियो । फाइनल खेलको म्यान आफ द म्याच विजयी टीमका कप्तान आविश्कार खड्का घोषित भए ।

प्रतियोगिताको पहिलो दिन सम्पन्न खेलहरुबाट भने कक्षा ११ को दुई खेल हार्दै बाहिरियो । कक्षा ११ र कक्षा १२ को विज्ञान संकायको खेलमा कक्षा ११ तीन–शुन्यको फराकिलो अन्तरले पराजित भयो भने कक्षा १२ कै व्यवस्थापन संकायसँग २÷१ को अन्तरले पराजित हुन पुग्यो ।

विहिबार विद्यालयका प्राचार्य टीकाराम पुरीले उद्घाटन गर्नुभएको प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो । प्रतियोगिताका विजयी खेलाडीहरुलाई कलेजका सह–प्राचार्य नवराज कोइरालाले मेडल प्रदान गर्नुभएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?