Logo

संसदीय दलको नेता र उपनेता चयन गर्दै जसपा

                     
Logo 2021-03-18 10:03     Hamro Biratnagar

13

काठमाडौं: जनता समाजवादी पार्टी (जसपा) नेपालले आज संसदीय दलको नेता र उपनेता चयन गर्दैछ ।

आज बस्ने राष्ट्रिय कार्यकारिणी समितिको बैठकले दलको नेता र उपनेता चयन गर्न लागेको हो । बैठक आज बिहान ११ बजेपछि बस्दै छ ।

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच गत वैशाखमा एकीकरणपछि जसपा बनेपनि एकीकृत दलले अहिलेसम्म नेता र उपनेता पाएको छैन।

नयाँ सत्ता समीकरणको कसरत चलिरहँदा जसपाले दलको नेता र उपनेता छनोट गर्न लागेको हो।

सत्ता समीकरणका लागि जसपा प्रतिनिधिसभाको निर्णायक दल बनेको छ । केपी शर्मा ओली नेतृत्वको वर्तमान नेकपा एमालेको सरकारलाई समर्थन गरेपनि सरकारले निरन्तरता पाउने अवस्था छ । त्यस्तै कांग्रेससँगै माओवादी केन्द्रलाई समर्थन गर्दा पनि नयाँ सरकार गठन हुन सक्छ ।

यस आधारमा निर्णायक बनेको जसपाको संसदीय दलको नेता को बन्ला ? भन्ने विषयलाई निकै चासोकासाथ हेरिएको छ ।

स्रोतका अनुसार जसपाको संसदीय दलको नेता चयनका लागि महन्थ ठाकुर र डा. बाबुराम भट्टराईको नाम चर्चामा छ ।


लोकप्रिय छुटाउनुभयो कि ?