Logo

नेकपा एमाले नेपाल समूहको राष्ट्रिय भेला आज सम्पन्न हुँदै

                     
Logo 2021-03-18 09:03     Hamro Biratnagar

13

काठमाडौं : नेकपा एमाले नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेला आज सम्पन्न हुँदैछ । बुधबारदेखि ललितपुरको सानेपास्थित हेरिटेज गार्डेन बैंक्वेटमा सुरु भएको भेला विभिन्न महत्वपूर्ण निर्णय गर्दै सकिने नेताहरुले बताएका छन् ।

बुधबार उद्घाटन सत्रमा नेताहरुले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेलाई विभाजन र बिसर्जन गर्न लागेको आरोप लगाउँदै त्यसो हुन नदिने बताएका थिए ।

पुराना कम्युनिस्ट नेताहरुको समेत उपस्थिति रहेको भेलाको पहिलो दिन नेताहरुले एमालेको इतिहास, संगठन र विचार समृद्ध रहेका दाबीसमेत गरे ।

माधव नेपाल समूहको भेलालाई ओली समूहले समेत गम्भीरताका साथ हेरिरहेको बताएको छ ।

प्रधानमन्त्री एवम अध्यक्ष ओलीले पार्टीको विधान संशोधन गरी आफूइतरका नेताको जिम्मेवारी खोसेपछि माधव नेपाल समूहले राष्ट्रिय भेला बोलाएको हो ।

भेलामा सहभागी देशभरका नेता, कार्यकर्ताको सुझाव र भावनाअनुसार तीन महिने कार्यभार तय गर्दै बिभिन्न महत्वपूर्ण निर्णयहरु गरीने नेताहरुले बताएका छन ।


लोकप्रिय छुटाउनुभयो कि ?