Logo

माओवादी नेता श्रीप्रसाद जबेगु नेकपा एमालेमा प्रवेश

                     
Logo 2021-03-17 06:03     Hamro Biratnagar

13

विराटनगर : नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य श्रीप्रसाद जबेगु नेकपा एमालेमा प्रवेश गरेका छन् । पूर्व–राज्यमन्त्रीसमेत रहेका जबेगु माओवादी केन्द्र छोडेर नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

संविधानसभा सदस्यसमेत रहेका उनी नेकपा एकतापछि जिम्मेवारीविहीन थिए । सर्वोच्च अदालतको फैसलापछि भने उनी एमालेमा प्रवेश गरेका हुन् । एमालेमा प्रवेश गरेपनि उनले जिम्मेवारी पाएका छैनन् ।

जबेगुले माओवादी केन्द्र निकट लिम्बूवान मुक्ति मोर्चाको अध्यक्षको रूपमा तीन कार्यकाल नेतृत्व गरेका थिए ।


लोकप्रिय छुटाउनुभयो कि ?