Logo

जोगबनीसहित देशभरका सीमा नाका पूर्ण रुपमा खोलिने, भोलि सीसीएमसीको बैठकले नाका खोल्ने निर्णय गर्दै

                     
Logo 2021-03-17 01:03     Desk

13

काठमाडौं, ४ चैत । उपप्रधानमन्त्री ईश्वर पोखरेलले दुई दिनमै देशको सबै स्थल मार्गको सीमा खोलिने बताएका छन्। उच्च स्तरीय कोभिड–१९ संकट व्यवस्थपन केन्द्रका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेललाई ज्ञापनपत्र बुझाउने क्रममा सो जानकारी दिएका हुन्।

उनले भने,‘हामी भारत र चीनसँगको सीमा पूर्ण रुपमा खोल्ने योजनामा थियौं। विहीबार अपरान्ह ४ बजेको सीसीएमसीको बैठकमा नाका खोल्ने निर्णय हुनेछ।’ होटल तथा पर्यटन व्यवसायी संघ वीरगंज र पर्यटन पत्रकार संघ पर्साको संयुक्त टोलीले भारतीय नाका खोल्न आग्रह गरेका थिए।

‘नेपाल–भारत वीचको सीमा नाका खुल्छ, दुबै देशको पारस्परिक विषय हेरेर निर्णय गर्छौ,’उनले भने। कोरोना महामारी रोकथाम तथा नियन्त्रणको लागि गत २०७६ चैत ११ गतेदेखि सरकारले नाका बन्द गरेको थियो। नाका बन्द भएपछि ढुवानीका सवारी साधन वाहेक यात्रुवाहक यातायात आउन बन्देज छ। तर कोभिड संक्रमण कम भएपछि सीमा नाकाबाट यात्रु पनि आवतजावत भने भइरहेको छ। तर वैधानिक रुपमा यात्रुवाहक सवारी साधन नखुल्दा पर्यटक सहज रुपमा नेपाल प्रवेश गर्न पाएका छैनन्।

वीरगंजको टोलीले पर्यटन मन्त्री भानुभक्त ढकालसँग भेटेर सीमा नाका खोल्न आग्रह गरेका थिए । होटल तथा पर्यटन व्यवसायी संघ वीरगंजका अध्यक्ष हरि पन्त, महासचिव माधव बस्नेत लगायतले उपप्रधानमन्त्री पोखरेललाई ज्ञापनपत्र बुझाएका थिए।


लोकप्रिय छुटाउनुभयो कि ?